हेटौंडा - हेटौंडामा एक युवक सुतेकै अवस्थामा मृत भेटिएका छन । बिहीवार हेटौडा-१० न्यरेनी घर भएका २३ बर्षीय सन्जिप तामाङ हेटौंडा-४ पारिजातपथस्थित राज कुँवरको घरमा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवत्ता टेक बहादुर अनुसार तामाङ कुँवरको घरमा डेरामा बस्दै आएका थिए । बिहीबार राति खाना खाएर सुतेका उनी शुक्रबार बिहान मृत अवस्थमा फेला परेको प्रवत्ता कार्कीले बताए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धन कार्य सुरु गरेको उनले बताए ।