प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा आफ्नै आमा र छिमेकीहरूमाथि चक्कु प्रहार

२०८१ पौष १५, सोमबार ०८:१३ बजे

हेटौंडा - हेटौंडा उपमहानग– रपालिका–११, नवलपुरस्थित शान्तिटोलमा मादक पदार्थ सेवन गरेर आएका युवकले चक्कु प्रहार गर्दा चार जना घाइते भएका छन्।

३० वर्षीय अमित कोईरालाले मादक पदार्थ सेवन गरी आफ्नै आमा र छिमेकीहरूमाथि कुटपिट तथा चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट उनकी आमा ५० वर्षीया शान्ता कोईरालासहित छिमेकी १६ वर्षीया सबिना पौडेल, ५२ वर्षीय कृष्ण पौडेल, र ४८ वर्षीय हरी बिडारी घाइते भएका छन्।

घटनापछि प्रहरीको टोलीले आरोपी अमित कोईरालालाई चक्कुसहित नियन्त्रणमा लिएको छ। घाइतेहरूलाई हेटौंडा अस्पतालमा उपचारका लागि लगिएकोमा शान्ता उपचारपछि डिस्चार्ज भएकी छन् ।

सबिनाको बाँया हातमा चोट, कृष्णको बाँया हात र छातीमा र हरीको घाटीमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार जारी छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।