हेटौंडा – बाराको तीन नम्बर पुल नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै मोडमा बिहीबार बिहान दुर्घटना भएको थियो।

मृत्यु हुनेमा ९ पुरुष र ५ महिला रहेका छन् । घाइतेको उद्धार गरी उपचारको लागि हेटौंडाको चुरेहिल, हेटौंडा र सहकारी अस्पतालमा ल्याएका मध्ये १४ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुँन बाँकी रहेको छ ।

प्रहरीका अनुसार उपचारका लागि हेटौंडा अस्पतालमा ३६ जना, चुरेहिलमा ९ जना र सहकारी अस्पतालमा ६ जना उपचारको लागि ल्याईएको थियो ।जसमध्ये हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल र सहकारी एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।
तस्वीरः काब्यमणी अधिकारी