हेटौंडा – मकवानपुरको बागमतीमा मानव कंकाल भेटिएको छ । बागमती गाउँपालिका वडा नं.१ स्थित बागमती खोला किनारमा शनिबार मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक(डिएसपी) टेक बहादुर कार्कीले जानकारी दिए ।
स्थानीयले काल देखेपछि प्रहरीलाई खबर गरेका थिए । बागमती खोलाको किनारमा सडेगलेर शव कंकाल भएको अवस्थामा फेला परेको डिएसपी कार्कीले बताए । उक्त कंकाल कस्को हो भन्ने बिषयमा अनुसन्धान भइरहेको उनले बताए ।
कंकालको अवस्था हेर्दा खोलाले बगाएर मृत्यु भएको मान्छेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त कंकाल परीक्षणको लागि हेटौंडा अस्पतालमा राखिएको छ । कंकाल कति समय पुरानो हो ? महिलाको हो कि पुरूषको हो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सांकेतिक तस्बीर