प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा आधारभुत काष्ठ हस्तकला तालिम उद्घाटन

२०८० बैशाख २३, शनिबार १४:०१ बजे

हेटौंडा – हेटौंडामा आधारभुत काष्ठ हस्तकला तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषद, एफएओ र आइयुसिएनको आर्थीक सहयोगमा पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समुह र अस्मिता नेपालको समन्वयमा सामुदायिक विकास तथा सचेतना नेपालको आयोजनामा तालिम सुरु भएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उदेघाटन् गरे । कार्यक्रममाः प्रदेश युवा परिषद बागमतीका कार्याकारी उपाध्यक्ष सन्तोष चौलागाई, गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, हेटौँडा उपमहानगर पालिका वडा नं ५ का सदस्यहरु ज्ञान बहादुर थापा, राम बहादुर राई, रन्जिता शिलवाल लगायतको आतिथ्यता रहेको थियो ।

सामुदायिक विकास तथा सचेतना नेपालले स्थानिय युवा तथा महीलाहरुमा काठको हस्तशिल्पको कलामा व्यावहारिक ज्ञान र सिप विकास गर्दै उद्यमशिलता विकास गर्ने उदेश्यले यो तालिम आयोजना गर्न लागेको हो । तालिमले २० जना युवा र महिलाहरु सहभागि छन् ।