हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नं.६ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद बजगाई विजयी भएका छन् । उनले नेकपा एमालेका टिक प्रसाद दहाललाई ४० मतले पराजित गरेका हुन् ।
सोमबार साँझ सार्वजनिक मतपरिणाम अनुसार वडाअध्यक्षमा निर्वाचित बजागाईले ८५१ मत प्राप्त गर्दा दहालले ८०१ मत प्राप्त गरेका छन् । यससंगै मकवानपुरगढीमा नेपाली कांग्रेसले ५ वटा वडामा कब्जा जमाएको छ । यसअघि वडा नं.१,२,७ र ८ जितेको थियो ।