हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपहानगरपालिका वडा नं.१५ चुरियामाई मन्दिर नजिकै दुई सवारी एकआपसमा ठोक्किँएको छ ।
सोमबार विहान ८ बजेर ४० मिनेटमा बीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुली तर्फ जादै गरेको ना ७ ख १६४३ नम्बरको बस एकआपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुई सवारी ठोक्किँदा ९ जना घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।