प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा ढुंगाले लागेर एक छात्राको मृत्यु

२०८१ भाद्र ७, शुक्रबार १९:०० बजे

हेटौंडा – मकवानपुरको बकैयामा ढुंगाले लागेर एक छात्राको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–६, सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा सुष्मा थिङको मृत्यु भएको हो ।

विद्यालयका शिक्षक मिलन भोम्जनका अनुसार बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सिंहपुरभन्दा अगाडिको उकालो बाटोमा ढुंगाले लागेर थिङको मृत्यु भएको हो ।

ढुंगाले लागेर सुष्माको टाउको र खुट्टामा चोट लागेको उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।