हेटौंडा – मकवानपुरमा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ प्रतापपुर वस्ने वर्ष ५६ वर्षिय काले बहादुर राई रहेका छन् ।
जिल्लाकोको मनहरी गाउँपालिका वडा नम्बर–६ स्थित राष्ट्रिय निकुन्जको जंगलमा भैसी चराउन गएका राईसहित ३ जनालाई हात्तिले आक्रमण गर्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
हात्तिले आक्रमण गरेपछि भागेर बाच्न सफल भएका दुई जनाले निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट शुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।
यसअघि मनहरीमै जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका थिए ।