प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

टेलरको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०७९ माघ २९, आईतबार ०६:२४ बजे

हेटौंडा – मोरङको बिराटनगर महानगरपालिका १८ लावाघाटमा टेलरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका १३ बस्ने अन्दाजी ४४ बर्षीय राजन गिरी रहेका छन् ।

शनिबार साँझ सवा ६ बजे टेलरको ठक्करबाट गम्भीर घाइते भएका मे १० प ९१६१ नम्बरको स्कुटरका चालक गिरीको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि कोशी अस्पताल पठाएको छ । टेलर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतीकात्मक तस्बिर