प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

२०७९ पौष १९, मंगलबार ०७:१७ बजे

हेटौंडा – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका(३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिक रहेका छन् ।

बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।