प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

घरमा पसेका चोरको आक्रमणबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

२०८० फाल्गुन २४, बिहीबार ०९:२३ बजे

काठमाडौं – बाँकेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्तीमा घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

नयाँबस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा परि घाइते भएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको मृतक थारुकी साली बसन्ती चौधरीले बताइन् ।

घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ। लुटेराहरूको खोज तलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।