प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा ढुङ्गा प्रहारबाट एक जना घाइते

२०८१ जेठ ११, शुक्रबार ०९:४३ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.१ मा ढुङ्गा प्रहारबाट एक जना घाइते भएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बिहीबार स्थानीय १८ बर्षीय संजय प्रजाले ढुङ्गा प्रहार गर्दा ५६ बर्षीय राजकुमार ढकाल घाइते हुन् ।

सामान्य झै–झगडा भई कुटपिट हुँदा प्रजाले ढुङ्गा प्रहार गरी ढकाललाई घाईते बनाएको प्रहरीले जनाएको छ ।

घाइतेको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कुटपिट गर्नुको कारण नखुलेको र ढुङ्गा प्रहार गर्ने प्रजालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।