हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंं.१९ सान्नानिटारमा मंगलबार अपह्रान्न यात्रुबाहाक बसले बोलेरोलाई ठक्कर दिदाँ ११ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रु बाहक बसको पट्टा भाच्चिएर अनियन्त्रित हुँदा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ च २९३२ नम्बरको बलेरो पिकअप गाडीमा ठोक्किँएर दुर्घटना भएको हो ।
घाइते हुनेमा चितवन माडी–५ बस्ने ३१ बर्षीय यम बहादुर दरै, हेटौंडा–११ नवलपुर बस्ने २१ बर्षीया रमा सापकोटा, बारा जितपुर सिमरा–२ बस्ने २७ बर्षीय जिवन लामा, कलैया–२६ महेसपुर बस्ने ३० बर्षीया मन्जुदेवी कपाली, उनको छोरा ३ बर्षीय नितेश कपाली, हेटौंडा–१९ नेवारपानी बस्ने ३२ बर्षीया बिमला श्रेष्ठ, सोही स्थान बस्ने २९ बर्षीय कल्पना श्रेष्ठ, बस चालक धनगढी–१३ बस्ने ३८ बर्षीय मौली राना, बसको सहचालक २४ बर्षीय अबिशेक शर्मा,भारत बिहार राज्य पश्चिम चम्पारन १३ बस्ने ४५ बर्षीय हिरालाल सर्मा र हेटौडा–१९ नेवारपानि बस्ने ३४ बर्षीय सुसिल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ११ जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । उक्त बसमा २६ जना यात्रु सवार थिए । बोलेरो पिकअप गाडीको चालक केही नभएको प्रहरीले जनाएको छ ।