प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरगढीस्थित गढी स्टार स्पोर्टस क्लबमा तोडफोड

२०७९ भाद्र १७, शुक्रबार १५:१७ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु मिनीपिच फुटसलसंगै रहेको गढी स्टार स्पोर्टस क्लबमा तोडफोड तथा चोरी भएको छ । बिहिबार राति अज्ञात समुह क्लबको कार्यालयभित्र प्रवेश गरेर विभिन्न सामग्री तोडफोड र चोरी गर्नुका साथै कागजात च्यातेका छन् ।

तोडफोडबाट कार्यालयको टेबुल, कुर्सी, दराज लगायतका फर्निचर सामाग्री क्षती भएको क्बलका अध्यक्ष राजु दुलालले बताए । हुनुको साथै जर्सी, ट्रफि, मेडल, प्रशंशा पत्र, मायाको चिनो लगायत क्बलको विभिन्न कागजपत्र समेत चोरी भएको उनले बताए ।

पछिल्लो दुईमहिनाको अवधिभित्र चार पटक क्लब तोडफोड भएको अध्यक्ष दुलालले बताए । इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा पटक–पटक घटनाको बारेमा उजुरी दिंदा अझैसम्म तोडफोडमा संलग्न ब्यक्ति पक्राउ गर्न नसकेको उनले बताए ।

तोडफोडबाट करिब २० हजार भन्दामाथिको क्षती भएको उनको अनुमान छ । गढी स्टार स्पोर्टस क्लब मकवानपुरगढीको खेलकुद गतिविधिमा सक्रिय रहेको छ ।