हेटौंडा – मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
आइतरबार दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि दल र स्वतन्त्रबाट ६९ उम्मेदवारी दिएका थिए । जसमा प्रतिनिधिसभाका लागि २६ र प्रदेशसभाका लागि ४३ जना रहेका छन् । सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दिएकाहरूविरुद्ध कसैको पनि उजुरी नपरेको जिल्लाको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको हो ।
प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर–२ मा एक जना स्वतन्त्रसहित १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै क्षेत्र नं.१ को (क) मा १० जना र (ख) मा १५, क्षेत्र नं. २ को (क) मा ८ र (ख) मा १० जना परेको छ ।
आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने जनाएको थियो ।