हेटौंडा – चितवनको राप्ती नगरपालिका वडा नं.१ पिप्लेमा टिपर र ट्रक एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोमबार लोथरबाट भण्डारातर्फ जाँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिफर र बिपरित दिशा तर्फ आउँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ४ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेहरुमा ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नं.१६ बस्ने बर्ष ३० को साजन मगर र ट्रकमा सवार सोही स्थान बस्ने ३० को रमेश चौलागाँई, ट्रकमा सवार राप्ती नगरपालिका वडा नं.२ बस्ने बर्ष ३० को अमित थापामगर र टिपरका सहचालक मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ बस्ने बर्ष ३२ को पुकार राई रहेका छन् ।
प्रहरीका अनुसार घाइते चारै जनाको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ । टिपर चालक भने फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।