हेटौंडा – मकवानपुरको हेटौंडामा तरकारी बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुलस्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले बागमती प्रदेश ०१ ०२५ च १९४२ नम्बरको तरकारी बोक्ने पिकअप गाडीबाट करिब ६०/७० किलो गाँजा र नगदसहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।
प्रहरी टोलीले चितवनबाट हेटौडातर्फ आउँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा तरकारी बोक्ने पिकअप गाडीबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
गाँजा बरामद भएपछि गाडी नुवाकोट बिदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीय प्रकाश तामाङ, गाडीमा सवार पर्सा ठोरी गाउँपालिका–३ बर्मानगर बस्ने ३४ बर्षीया चन्द्र कुमारी श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ३१ हजार ७०० रुपैयाँसमेत बरामद भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।गाडी, गाँजा, नगदसहित दुबैलाई नियन्त्रनमा लिएर थप अनुसन्धान भइहरेको उनले बताए ।
फाइल तस्बिर