हेटौंडा – मकवानपुरको हेटौंडामा शुक्रबार अचेत अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंं.७ नागश्वती बस्ने २७ भेष बहादुर खड्का रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार खडका घर परिवारसंग छुट्टिएर सोही आफ्नो पुरानो घरमा एक्लै बस्दै आएको थिए । उनी सोही स्थानमा शुक्रबार साँझ पौने ७ बजे अचेत अवस्थामा फेला परेका थिए ।
उनको उपचारको लागि हेटौंडा अस्पताल पुर्र्याएकोमा पुग्न साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । खड्का लागुऔषध दुव्र्यसनी समेत रहेका प्रहरीको भनाई छ ।