प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका श्रेष्ठ सहित दुई जना प्रहरीको फन्दामा

२०८० मंसिर १६, शनिबार १८:१७ बजे

हेटौंडा – अवैध लागूऔषध खैरो हेरोइन सहित पर्साबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने २४ वर्षीय समिप श्रेष्ठ रहेका छन् । अर्का एक जनाको नाम प्रहरीले खुलाएको छैन ।

प्रहरी चौकी इनरूवा र लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पर्साबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई वीरगंज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट करिब ९ सय ४० मिलिग्राम खैरो हेरोइनसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।