प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

२०८० कार्तिक २७, सोमबार १८:२५ बजे

हेटौंडा – मकवानपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नं.७ रमौली वस्ने २८ बर्षीया रिता सुनारी मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान रिता घर नजिकैको रमौली जङ्गलामा घाँस काट्न गएकी थिइन् । उनी रुखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । घाइते रिताको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा सोमबार बिहान १० बजेर २० मिनेटको समयमा मृत्यु भएको भण्डारीले बताए ।