हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ फुर्केचौरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक बकैया गाउँपालिका–५ बस्ने २४ बर्षीय सोमलाल जिम्बा र सोही स्थान बस्ने २५ बर्षीय ओमनाथ थिङ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मदन भण्डारी लोकमार्ग अन्तर्गत शुक्रबार हटियाबाट फापरवारीतर्फ जाँदै गरेको बा.प्र.०३–००४प २८३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परी जिम्बा सामान्य र थिङ गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।