हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र कबड्डी–४ की नायिका मिरुना मगरविरुद्ध प्रर्दशन गरिएको छ । मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा नायिका मगरको पुत्लासहित प्रर्दशन गरिएको हो ।
स्वतन्त्र जनजाती अधिकार मञ्चले नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग सहित प्रर्दशन गरेको हो । लामा भिच्छुमाथि भएको दुर्व्यवहार घटनाको छानविन गरी संलग्न सबैलाई कारवाही हुनु पर्ने उनिहरुको माग छ । उनिहरुले कबड्डी–४ को प्रदर्शन रोक्नुपर्ने समेत माग गरेका छन् ।
कबड्डी–४ फिल्म प्रोमोसनमा जाँदा आफुमाथि दुर्व्यवहार गरेको भन्दै अभिनेत्री मगरले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले आइतबार मुगु घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । चौतर्फी दबाबका बीच भिक्षुमाथिको उजुरी फिर्ता लिन नायिका तयार भएपछि प्रहरीले उनलाई रिहा गरिएको छ ।