प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा अस्पतालभित्रै नवजात शिशु मृत फेला

२०८० कार्तिक ५, आईतबार १३:१४ बजे

हेटौंडा – हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाईनो वार्ड नजिकै महिला शौचालयमा रहेको फोहोर फाल्ने डस्टबिनमा आइतवार साँझ ६ बजे नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

मकवापनुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार मृतक शिशु कसले फालेको भनी हालसम्म पहिचान हुन सकेको छैन । मृतक शिशु हेर्दा तत्काल जन्माइ सालनालसहित डस्टबिनमा फालेको जस्तो देखिने अवस्थामा रहेको उनले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।