प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट लागुऔषध सहित सेवा र तामाङ पक्राउ

२०८१ श्रावण १८, शुक्रबार ०९:२३ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा करिब ३३ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद सेवा र सोही उपमहानगरपालिका-१३ बनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।