प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

सडक दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७९ जेठ २२, आईतबार १०:३१ बजे

हेटौंडा – भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

दोलखाको भिमेश्वर नगरपालिका ४ अनाथालय स्थित सडकमा आज बिहान प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको पिकअप भ्यान र बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका ५ जिलुका अन्दाजी ३३ बर्षीय उमेश श्रेष्ठ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडी सवार श्रेष्ठकी ३२ बर्षीया श्रीमती सजिता श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चरिकोटबाट तामाकोशी तर्फ जादै गरेको पिक अप भ्यान र विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पती सवार मोटरसाइकल आज बिहान साढे ७ बजे, आपसमा ठोकिएको थियो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।