प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा बेहोस भएर ढलेका कृष्णको मृत्यु

२०७९ फाल्गुन १, सोमबार ०४:५८ बजे

हेटौंडा – हेटौंडामा बेहोस भएर ढलेका एक वृद्धको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१२ कुनाटोल बस्ने ६३ वर्षीय कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार यही माघ २९ गते आइतबार हेटौडा–४ कान्तिराजपथस्थित ओम भवन नजिक सडक पेटीमा पैदल हिडिरहेका सुनार अचानक ढलेका थिए । नाक र कानबाट रगत बगिरहेको अवस्थमा उनको तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो ।

सुनारको टाउकोमा रगत जमेको र उपचार गरेपनि ७ दिन मात्र बाच्ने डक्टरले जानकारी गराएपछि आफन्तले घर लगेका थिए । उनको घरमा ल्याएको करिब तीन घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ ।