प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बकैयामा तीन वटा शव फेला

२०८१ आश्विन १५, मंगलबार २१:३३ बजे


हेटौंडा - मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० मन्थलीस्थित बागमती नदीको किनारमा तीन वटा शव फेला परेका छन् । एउटा महिला र दुई वटा पुरुषको शव फेला परेको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताए ।


माछा मार्न बागमती नदीमा गएका स्थानीयहरुले शव फेला परेका थिए । उक्त शवको पहिचान भने खुलेको छैन । शव परीक्षणका लागि अस्पताल
लगिएको र पहिचानको प्रयास पनि भइरहेको बताइएको छ ।