प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

मकवानपुरमा एकै दिन चार बालविवाह रोकियो

२०८० माघ २६, शुक्रबार ०७:४६ बजे

हेटौंडा – मकवानपुरमा एकै दिन चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ। बिहीबार एकै दिन चार बालविवाह रोकिएको बाल हेल्पलाइन मकवानपुर संयोजक झबिन्द्र ज्ञवालीले जानकारी दिए।

कैलाश गाउँपालिका—३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका—३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो।

मनहरी गाउँपालिका–४ की १५ वर्षीया बालिका र हेटौंडा–३ बसामाडीका १८ वर्षीय बालकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ।

मकवानपुरगढी गाउँपालिका–२ की १८ वर्षीया र हेटौंडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले जानकारी दिए।

१३, १४, १५ र १८ वर्षीया बालबालिकाहरूलाई थप परामर्शका लागि बाल हेल्पलाइन मकवानपुरको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारी जानकारी दिइन्।