हेटौंडा – मकवानपुरका एक युवा लागुऔषध गाँजाको धुलो सहित पक्राउ परेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभञ्ज्याङबाट थाहा नगरपालिका–७ बस्ने ३० वर्षीय सबिन थापा मगर पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार लागूऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मगरलाई शुक्रबार बिहान पक्राउ गरेको हो । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।