मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१२ नौरङगे बस्ने ३३ वर्षीय बिशाल दराई र सोही महानगरपालिका–९ बस्ने २३ वर्षीय अमृत दुरा रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०३००१ख १७२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।