प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गैसस मकवानपुरद्वारा होली मिलन कार्यक्रम

२०८० चैत्र १०, शनिबार ०८:२१ बजे

हेटौंडा – गैर सरकारी संस्था महासंघ नेपाल मकवानपुरले शुक्रवार रंगहरुको पर्वको पूर्वसन्ध्यामा हेटौंडामा होली मिलन कार्यक्रम गरेको छ ।

एकले अर्कालाई रङ र अबिर दलेर शुभकामना आदान प्रदान गर्दै होली मिलन कार्यक्रम गरिएको हो । रङहरूको पर्वका रूपमा मनाइने होली पर्वको पूर्व सन्ध्यामा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान गरि रमाइलो गर्दै होली मिलन कार्यक्रम गरिएको थियो । चैत ११ गते पहाडी जिल्ला र चैत १२ गते तराइमा फागु पुर्णिमा मनाईंर्दै छ ।

गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठकको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा होली मिलन कार्यक्रम भएको हो । होली मिलन कार्यक्रममा गैससकर्मी इन्दिरा न्यौपाने, लक्ष्मी माझी, राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत रेजा गौतम, माइती नेपालकी माया लामा, गैसस मकवानपुर उपाध्यक्ष कुमारी वाइवा, सचिव सन्तोष पौडेल, सह–सचिव गोकर्ण तिवारी, सदस्यद्वय अनन्त बानियाँ, नवराज पौडेल लगायतकाको उपस्थिती रहेको थियो ।