प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा सालको रुख काटेको आरोपमा ७ जना पक्राउ

२०७९ श्रावण ११, बुधबार १२:२१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ को नयाँ पर्यटकीय गन्तव्य नयाँबस्तीको डाईभर डाँडामा सामुदायीक वन मासेको आरोपमा ७ जना पक्राउ परेका छन् ।


नयाँबस्तीको डाईभर डाँडामा निर्माणधिन भ्यू–टाबर नजिकै अवैध रुपमा साना ठूला गरि ६७ वटा हरियो सालको कटान गर्दै सामुदायीक वन मासेको आरोपमा वन समितिका ७ जना पक्राउ परेका हुन् ।

भ्यू–टावर हाता भित्र हरियाली मध्यवर्ती सामुदायीक वन मासेको आरोपमा ७ जना पक्राउ परेका हुन् । चुरियामाई उपभोक्ता समिति अन्तर्गत रहेको मध्यवर्ती सामुदायीक वनमा रुख कटानी भएको पाईएपछि पर्सा वन्यजन्तु आरक्षले हरियाली मध्यवर्ती सामुदायीक वनका समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको बुझिएको छ ।

आरक्षका सहायक वार्डेन सन्तोष भगतले आरक्षले रुख काटेको आरोपमा असार ३१ गते ७ जनालाई पक्राउ गरेर म्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिए । उनले पक्राउ परेका ७ जनामा २ जना जेष्ठ नागरिक भएकोले जेष्ठ नागरिकलाई परिवारको जिम्मा लगाएर जवानीमा छोडेको समेत बताए ।

उनले घटनाको आवश्यक अनुसन्धान भइरहेकोले पक्राउ परेकाहरुको परिचय खुलाउन नमिल्ने बताए । वार्डेन भगतले विशेष सूचना मार्फत वन फडानी भइरहेको जानकारी आएपछि पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।