प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०७९ आश्विन १०, सोमबार ०८:२३ बजे

हेटौंडा – जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ४ गोदावरीमा सोमबार ग १ ज ६८५५ नम्बरको जिपको ठक्करबाट १ गोदावरी १ का ४५ बर्षीय सेकुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बिहान सवा ८ बजे मृत्यु भएको हो । आज बिहान साढे ७ बजे ग १ ज ६८५५ नम्बरको जिपले पैदल यात्रा गरि रहेका चौधरीलाई ठक्कर दिएको थियो । जिप र चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।