प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा खोलाले ट्याक्टर बगायो

२०८० श्रावण २४, बुधबार ०२:३७ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१६ मा मंंगलबार साँझ खोला तर्ने क्रममा ट्याक्टर बगाएको छ । शक्ति खोला तर्ने क्रममा ना ७ त ४८४३ नम्बरको कुखुराको मल लोड भएको ट्याक्टरलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार खोलमा आएको भेलले ट्याक्टर बगाएपनि मानवीय क्षति भएको छैन । ट्याकटरलाई जेसिबी, प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ भने ट्याक्टर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।