प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बुद्धचोकमा घर छ, धारामा पानी आउँदैन, ट्याङ्करको किन्नुपर्छ

२०८० जेठ २, मंगलबार १४:०८ बजे

हेटौंडा – गत चार दिनदेखि धारामा पानी नआएपछि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका उपभोक्ताहरु ट्याङ्करको पानी किनेर खान बाध्य भएका छन् । हेटौंडा उपमहागरपालिका वडा नं.१,२,४ लगायत स्थानीयका घरको धारामा पर्याप्त मात्रामा पानी आउनै छाडेपछि पानी किनेर खान्न बाध्य भएका हुन् । 

‘हरेक दिन विहान बेलुका नियमित धारामा पानी आउथ्यो, चार दिन भयो, धारामा राम्रोसंग पानी आउनै छाडेको छ’ हेटौंडा खानेपनी व्यवस्थापन बोर्डका उपभोक्ताहरुले सुनाए। चार दिनदेखि घरको सदस्यहरुलाई मुख धुनसम्म पुग्ने धारामा पानी नआएपछि ट्याङ्कर वालासंग पानी किन्नु परेको हेटौंडा बुद्धचोकका एक व्यवसायीले प्रहर खबरसंग दुखेसो पोखे । ‘पिउने पानी मात्र होइन, घरको भान्छादेखि चर्पीसम्म चाहिने पानी चर्को मुल्य तिरेर किन्नु परेको छ,’ उनले थपे  ।

हेटौंडाको एक व्यवसायीले धारामा पानी खाएपछि ट्याङ्करबाट पानी ल्याएको देखेपछि हेटौंडा उपमहारपालिका र खानेपानी बोर्डको आलोचना समेत भएको छ । ‘दश हजार युनिट पानी फ्रि भनेको छ, धारामा पानी नियमित नआएपछि चर्को मुल्य तिरेर ल्याउनुपर्छ, त्यसको के अर्थ,’ भन्दै उपभोक्ताहरुले आलोचना गरेका हुन् । 

पानी बोरिङ्ग गर्ने स्थानमा विद्युत अवरोध हुँदा पानी वितरणमा समस्या भई खानेपानी अभाव श्रृजना भएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यवहाक कार्याकारी निर्देशक विष्णु प्रसाद सापकोटा बताउँछन् । उनले बार्डको ७ वटा खानेपानी वोरिङमा विद्युत अवरोध भएको बताए । विद्युतको समस्या समाधनसंगै खानेपानीको पनी हुने उनको भनाई छ ।