प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा डेंगु संक्रमित ३१ सय नाघ्यो, हेटौंडामा मात्रै २७ सय

२०७९ आश्विन १८, मंगलबार १३:२२ बजे

हेटौंडा – मकवानपुरमा डेंगु संक्रमितको सङ्ख्या ३ हजार १ सय नाघेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा ७ जना थपिएसंगै ३ हजार १ सय ५८ पुगेको हो ।

पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकामा २४, राक्सिराङ्ग गाउँपालिकामा २ र ठेगाना नखुलेको एक जना डेङ्गुको विरामी फेला परेको हो । जिल्लाको १० स्थानीय तहमध्ये हालसम्म सबैभन्दा बढी डेङ्गुका विरामी हेटौंडा उपमहानगरपालिकामा फेला परेका छन् ।

स्वास्थ्य कार्यालयका अनुुसार हेटौंडामा २ हजार ६ सय ९३, मनहरीमा २ सय ४४, थाहा नगरमा ७५, मकवानपुरगढीमा ५१, भिमफेदीमा २७, बकैंयामा २३, राक्सिराङ्गमा ९, बागमती र कैलाशमा ६–६ जना रहेका छन् । त्यस्तै इन्द्र सरोबरमा १ जना, ठेगाना नखुलेका २० र अन्य जिल्लाका तीन जना रहेका छन् ।