हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा छुट्टाछुट्टै स्थानमा भएको सवार दुर्घटनामा ५ जना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी हेटौंडा बजारबाट लेवट जादै गरेको बा.९१ प १७६९ नम्बरको मोटरसाइकलको ठक्कर दिंदा दुई पदैलयात्री सहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पैदलयात्री स्थानीय ६६ बर्षीय भगवान नहर्की, १४ बर्षीया अन्जली दंगाल र मोटरसाइकल चालक हेटौंडा–१२ रमनटार बस्ने ३२ बर्षीय
दिनेश चौलागाई रहेको बागतमी प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
त्यस्तै हेटौंडा उपहानगरपालिका वडा नं.१८ मा हटियाबाट ठुलोदमार आउदै गरेको बा.६५प १८५१ नम्बरको
मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सहित २ जना घाइते भएका छन् । प्रहरीका अनुसार पैदलयात्री हर्नामाडी बस्ने ४५ वर्षीय धन बहादुर बिश्वकर्मा र मोटरसाइकल चालक बकैया गाउँपालिका–४ जुरेली बस्ने ५५ बर्षीय मान बहादुर सुनार घाइते भएका छन् ।
दुबै घटनामा घाइते भएका ५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।