हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमानेमा घरको छतबाट खसेर एक जना घाइते भएका छन् । घाइते हुनेमा ४० बर्षीया मोनिका कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उनी आफ्नै एकतले घरको छतबाट लडेकी हुन् । टाउको, बाया खुट्टा, आँखा नजिक चोट लागेको उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ती महिलाले मानसिक रोग सम्बन्धी औषदी सेवन गर्ने गरेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।