हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौरबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका २० वर्षीय प्रबिन सुनार रहेका छन् ।
वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई बिहिबार पक्राउ गरेको हो । हुप्रचौरमा शंकास्पद अबस्थामा बसिरहेका सुनारको साथबाट लागुऔषध डाईजेपाम ४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त लागुऔषध सहित सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।