प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडामा ढुंगा, गिट्टी, बालुवाको कर संकलकको म्याद असार १ देखि नथपिने

२०८२ असार १, आईतबार १८:३४ बजे

हेटौँडा — हेटौँडा उपमहानगरपालिकाले ढुंगा, गिट्टी, बालुवाबाट कर संकलन गर्ने दैनिक ज्यालादारीमा नियुक्त कर्मचारीहरूको म्याद अब असार १ गतेदेखि नथप्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गर्दै उपमहानगर क्षेत्रभित्र खहरे, खोला तथा नदीबाट हुने अवैध नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी नियन्त्रण गर्न खटाइएका कर संकलकहरुलाई अवकाश दिने भएको हो।

उपमहानगरपालिकाले कर संकलकमार्फत चोरी निकासी नियन्त्रण गर्ने, जरिवाना लगाउनेजस्ता कार्य गर्दै आएको थियो। अब भने ती कर्मचारीहरूको सेवा नथप्ने र वैकल्पिक उपायमार्फत व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।