हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ बँदेलधापमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ३५ वर्षीय अर्जुन कुमार थिङ रहेका छन् । उनको हेटौंडास्थित सन्चो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा बजारबाट बँदेलधापतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००२ प ९९५२ नम्बरको मोटरसाइकल सोमबार साँझ पौने ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।
चालकले मदिरा सेवन गरेर मोटरसाइकल चलाएको अस्थायी प्रहरी पोष्ट मयुरधाप मकवानपुरले जनाएको छ ।
प्रतिगात्मक तस्वीर