प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

२०८० मंसिर २३, शनिबार २०:३७ बजे

हेटौंडा – मकवानपुरका थाहा नगरपालिका वडा नं.९ चित्लाङमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौंबाट चित्लाङतर्फ जादै गरेको बा.४ ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा.६५प ४१७३ नम्बरको मोटरसाइकल शनिबार साँझ एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं. १० बस्ने ३० बर्षीय मनोज गमाल रहेको छन् । दुर्घटनामा परी टाउको र शरिरको बिभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा ट्रमा सेन्टर काठमाडौंमा ७ बजेर २० मिनेटमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।

मोटसाइकलको पछाडि सवार थाहा नगरपालिका वडा नं.१० मै बस्ने ४८ बर्षीय शम्भु गमाल घाइते भएका छन् । दाँया खुट्टा र छातीमा चोट लागेर घाइते भएका उनको मनमोहन अस्पताल काठमाडौंमा उपचार भइरहेको शाहले बताए ।
उनका अनुसार बस, मोटरसाइकल र बस चालक इलाका प्रहरी कार्यालय पालुङ्गको नियन्त्रणमा छ । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।