प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

प्रेस चौतारी मकवानपुरले तीज विशेष कार्यक्रम

२०७९ भाद्र ८, बुधबार १३:४३ बजे

हेटौंडा – प्रेस चौतारी मकवानपुरले तीज विशेष कार्यक्रम गरेको छ । नेपाली महिलाहरुको आउँदै गरेको पर्व हरितालिका तीजको अवसरमा बुधबार हेटौंडा–११ सहिद स्मारकमा तीज विशेष कार्यक्रम गरेको हो ।

चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्याक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य पार्वती राना, जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहाल,सचिवालय सदस्य तथा प्रचार विभागका प्रमुख धुर्ब प्रसाद चौलागाई लगाएतको आतिथ्यता रहेको थियो ।