प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको राक्सिराङ्गमा क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा

२०८० पौष ८, आईतबार ०७:२८ बजे

हेटौंडा – मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस मनाउनका लागि आजदेखि तीन दिन सार्वजनिक विदा दिएको छ ।

इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन गाउँपालिकाले एक सुचना मार्फत पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख छ ।