प्रहर खबर
 २०८१ श्रावण ८, मंगलबार    

बागमती प्रदेशले पनि क्रिकेट खेलाडीलाई जनही एक लाख दिने

२०७९ चैत्र ३, शुक्रबार ०६:२१ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहरुलाई जनही एक लाख रुपैयाँ दिएर सम्मान गर्न लागेको हो ।

आजै बिहान केन्द्र सरकारले समेत राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गर्दै जनही तीन लाख दिने घोषणा गरेको थियो ।

बिहीबार आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले  विजेता खेलाडीहरूलाई शुक्रवार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै जनही तीन लाख दिने घोषणा गरेका थिए ।