प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

इन्द्र, बुद्ध र भिमसेन कांग्रेसमा वी.पी. कोइरालाको विचार खोज्दै, नेता कोइराला देखाउँदै

२०८० भाद्र २५, सोमबार ०३:३२ बजे

हेटौंडा – पार्टीमा भ्रष्टचारीले जरो गाडी सकेको प्रमाणित भएको भन्दै कांग्रेस नेता डा।शेखर कोइरालालाई ध्यानार्कषण पत्र बुझाएका छन् । नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले नेता कोइराला समक्ष २१ वटा बिषयमा ध्यानार्कषण पत्र बुझाएका हुन् ।

‘पार्टीमा भ्रष्टचारीले जरो गाडी सकेको प्रमाणित भएको छ, पार्टी भित्र दखिएको भष्ट्रचारीलाई शल्यक्रिया गरी शुद्ध, स्वच्छ बनाईयोस्,’ ससचिव महतले बुझाएको ध्यानार्कषण पत्रको बुँदा नम्बर ९ मा लेखिएको छ ।

बुँदा नम्बर ३ मा ‘नेपाली काँग्रेस पार्टीको राजनैतिक दृष्टिकोण के हो स्पष्ट अनुरोध गरिएको छ । नेपाली काँग्रेस तत्कालिन अवस्थामा संवैधानिक राजतन्त्रको पक्षमा रहेकोमा हाल देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरि सकेकाले अहिले पार्टीको राजनैतिक दृष्टिकोण के हो स्पष्ट पारियोस्,’ पत्रमा उल्लेख छ ।

पार्टीका संस्थापक नेता बिपी कोइरालालको ११०औँ जन्मजयन्तीको अवसरमा हेटौंडा आएको थिए । सोही क्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ, मकवानपुरका सभापति बुद्ध लामासहितको टोलीले बुझाएको उक्त पत्रमा पार्टीमा वी.पी. को विचार कहाँ छ ? भनेर प्रश्न समेत गरिएको छ ।  

 ‘श्रद्धय नेता शेखर कोइराला ज्यू, तपाई वी.पी. को कार्यक्रममा आउनु भएको छ, पार्टीमा वी.पी. को विचार कहाँ छ ? व्यवहारमै पार्टीलाई वी.पी. को विचार अनुसार अगाडी बढाइयोस्,’ पत्रको बुँदा नम्बर १० मा लेखिएको छ ।

ध्यानार्कषण पत्र