प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरगढीमा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

२०७९ फाल्गुन २५, बिहीबार ०३:२२ बजे

मकवानपुर – मकवानपुरगढी गाउँपालिकाको आयोजनामा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधबार भब्यताको साथ मनाईएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाको प्रथम उपाध्यक्ष हर्कमाया रुम्बा , वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रीन, वडा नम्बर ४ का अध्यक्ष अर्जुन प्रसाद तिमल्सीना, वडा नम्बर ५ अध्यक्ष दिपेश दहाल, ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तान,गाउँपालिका बाल बालिका तथा महिला बिकास शाखा प्रमुख मन्दिरा थापा, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अबसरमा संर्पुण महिलाहरुलाई शुभकामना दिनु भयो । नेपालको संबिधानले महिलाको अधिकारको बिषयमा महत्वपुर्ण कुराहरु समेटिए पनि कार्यान्वयनमा आउन अझै बाकी रहेको बताए । महिलाहरुलाई समानुपातिकमा ५० प्रतिसत पुर्याउन देखि प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न पनि लाग्नु पर्ने बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले महिलाहरुलाई आर्थिक सामाजिक र राजनितिक बिषय संग जोडेर अगाडि बडाउन सके संबृद्धी हासिल हुने बताइन् । कार्यक्रमको अबसरमा गाउँपालिकाको प्रथम उपाध्यक्ष हर्कमाया रुम्बालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो, राष्ट्रिपति रनिङ शिल्ड महिला भलिबलमा प्रथम भानुमाबीका छात्राहरु, सोहि प्रतियोगितामा दौड तर्फ प्रथम ,द्धितिय र तृतिय हुन सफल शारदा माबि का छात्राहरु लाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा महिलाहरुको उत्पाह जनक सहभागिता रहेको थियो ।