हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा बौद्धमाई नगरपालिका–२ बस्ने २३ बर्षीय चन्दन कुमार साह रहेका छन् ।
बिहिबार नारायणगढबाट बिरगंजतर्फ आउदै गरेको ना. ६ ख ९३६१ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार साहले बोकेको झोलाभित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
उनलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।