प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बालबालिकाको भविष्य कोर्नमा बाल संगठनको भूमिका महत्त्वपूर्ण: देवकोटा

२०८१ मंसिर २२, शनिबार २०:४९ बजे

मकवानपुर – बाबुआमा तथा अभिभावक नभएर, विभिन्न कारण आफन्त नभएका, परिवारबाट अलग भएका, परिवारले त्याग गरेका, जोखिममा रहेका र बाबुआमासँग कैदी जीवन बिताइरहेका बालबालिकाहरूलाई बाल मन्दिरहरूमार्फत् संरक्षणमा राखी अभिभावकको जिम्मेवारी निर्वाह गर्ने बाल संगठनको कामको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रसंशा गरेका छन् ।

बालबालिकाको हक हितका लागि कार्य गर्ने सबैभन्दा पुरानो, ठुलो र शसक्त सस्था नेपाल बाल संगठनद्वारा आयोजित पुनर्मिलन तथा पुनर्ताजगी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार यस्तो बताएका हुन् ।

बालबालिकाको सरोकारको यो महत्वपूर्ण कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूलाई खुसी लागेको उgले बताP । पूर्व रास्ट्रपति बिद्या देवी भण्डारीसमेतको उपस्थितिमा उनले यस्तो बताएका हुन् ।

"भिन्न परिस्थितिबाट आएका नानीबाबुको खानपान, बास, स्नेह, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, परामर्श, भबिष्यको गोरेटो देखाउने यी सब कार्य कुनै चानचुन कुरा होइनन्" उनले भने ।

बालबालिकाहरू असीमित क्षमता हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले बाज चराजस्तो गगनमा बिचरण गर्ने थुप्रै बालबालिका पालुवा निमोठिएको बिरुवा जसरी बाँचिरहेका बताए ।

राज्यको मात्र मुख नताकी अबोध नानीबाबुको भबिष्य कोर्न लागिपर्ने नेपाल बाल संगठन तथा बाल मन्दिर र बालबालिकाको क्षेत्रमा काम गर्ने सम्पुर्ण सँस्था र सरोकारवाला सबैमा हार्दिकता व्यक्त ग/] ।

नेपालको संविधानले मौलिक हक अन्तर्गत बालबालिकाको हकसम्बन्धी व्यवस्था उल्लेख गरेको स्मरण गर्दै बालबालिकाहरूको शारीरिक, मानसिक, सामाजिक, बौद्धिक तथा संवेगात्मक विकासमा सबैले पहल गर्नुपर्ने बताए।

बालबालिकाको आधारभूत आवश्यकता, प्रतिभा पहिचान र प्रस्फुटनमा गरिने मन ,धन ,वचन र कर्मको लगानी सबैभन्दा महत्वपूर्ण कार्य भएको उनले बताए।

राज्य र मनकारी दाताहरूले नेपाल बाल संगठन र बाल मन्दिरको नाममा अर्पेको भौतिक सम्पतिको बारेमा कता कता नरमाइला कुरा सुन्न परेको भन्दै उनले दुख लागेको बताउँदै सम्बन्धित निकायले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनले ६ दशक पार गरेको छ । समयको खेलले आफन्तसँग बिछोडिए पनि मिलनका दिनले पर्खने उनले बताए।

"आज यो पुनर्मिलनको पलको साक्षी बन्दा ममा बेग्लै अनुभुती भएको छ, म भावुक भएको छु" उनले भने।

वि स २०२१ सालमा नेपाल बाल संगठनको स्थापना पश्चात बालमन्दिर भवन निमार्णगरी विभिन्न जिल्लाहरुबाट प्रतिकूल परिस्थितीमा रहेका बालबालिकाहरुको लागि आवास तथा बालमन्दिर विद्यालय संचालन गर्दै आएको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । "समृद्ध राष्ट्रको मूल आधार, सुरक्षा र मुस्कान सहितको बाल अधिकार" भन्ने नाराका साथ संगठनले काम गरिरहेको अध्यक्ष न्यौपानेले बताइन् ।